बच्चा जन्माउने लतः २३ वर्षको उमेरमा ११ बच्चा जन्माइसकेकी युवती सय बच्चा चाहन्छिन्

Blog

काठमाडौं। २३ वर्षकी एक युवतीलाई बच्चा जन्माउने लत लागेको छ । उनले अहिलेसम्म ११ बच्चा जन्माइसकेकी छिन् र उनी सय बच्चा जन्माउन चाहन्छिन् । रुसकी २३ वर्षकी क्रिस्टिना ओज्टर्कले अहिले नै ११ बच्चाको पालन पोषण गरिरहेकी छिन् ।

न्यूजफ्ल्याश मिडियासँग कुरा गर्दै क्रिस्टिनाले बताएअनुसार उनले ६ वर्ष पहिले छोरी जन्माएकी थिइन् । त्यसपछि बाँकी सन्तान उनले सेरोगेसीको माध्यमबाट जन्माएकी हुन् । यी सबै सन्तानहरु उनकै जेनेटिक्सका हुन् ।

उनले आफूहरुले कैयौं बच्चा जन्माउन चाहेको बताएकी छिन् । यो उच्च वर्गीय दम्पतीले सामाजिक संजालमा गरेको एक पोस्टमा आफूहरुले १०५ बच्चा चाहेको बताएका थिए । त्यसपछि उनीहरुको यो पोस्ट भाइरल भएको थियो ।

क्रिस्टिनाले भने यस विषयमा कुरा गर्दै भनिन् ‘संख्यालाई लिएर हामी पूर्ण रुपमा आश्वस्त छैनौं तर यो निश्चित हो कि हामी ११ मा रोकिनेवाला छैनौं ।’ अहिलेसम्म आफूहरुले अन्तिम संख्या निश्चित गर्न नसकेको बताउँदै क्रिस्टिनाले भनिन्

‘मलाई लाग्छ हरेक कुराको एउटा समय हुन्छ र हामीले त्यही हिसाबमा सबै कुरा सोच्नु पर्छ ।’ यो परिवार जर्जियाको बातुमी शहरमा बस्छन् । यो शहरमा सेरोगेसी गैरकानुनी छैन र सेरोगेट महिलाहरुलाई गर्भवती हुनको लागि प्रयोग गर्न कुनै आपत्ति छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *