पैसा कमाउन साउदी अरब गएको २२ बर्षिय छोरो यस्तो अवस्थामा फर्किएपछी, मृ’त्युको मुखमा छोरो परिवारको बिचल्ली आमा रुदै हेर्नुस

Blog

गुल्मी । गुल्मीका आशिष विश्वकर्मा करिव गत वर्षको कार्तिकमा दुई लाख ऋण खोजेर दाङका एजेन्टमार्फत साउदी अरब उडे । सुरुमा म्यानपावरले भनेकै कम्पनीमा काम गरे तर, भने अनुसारको पैसा नपाएछि आशिषले साथीहरूको लहडमा कम्पनी छोडे ।

सप्लायर्समा मासिक एक लाख पाइने लोभमा नयाँ एजेन्टमार्फत सहरबाट निकै टाढा पुगे। लगभग पाँच महिना परिवारको सम्पर्कमा आएनन् । नयाँ काममा लागेपछि गत असोजमा ५५ हजार रुपैयाँ पनि घर पठाए । पछि उनि बिरामी पर्न थाले र काम गर्न जान नसक्ने भए ।

विभिन्न समाचार माध्यमबाट समाचार आएपश्चात अशिषको उद्धार गरि नेपाल ल्याइएको छ । उनलाइ अहिले विर अस्पतालमा उपचारको लागि राखिएको छ । तर उनको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन् । “ छोरालाई क्षयरोग लागेको छ भनेर डाक्टरले भनेको छन् । दैनिक २५ सयको औषधी सबै बाहिर बाट किन्नु पर्छ । केहि औषधी त अस्पताल ले नै दियो । अहिले हामी संग पनि पैसा छैन कतैबाट सहयोग आए छोरालाई बचाउन सकिन्थ्यो ” अशिषकी आमाले भनिन् ।

PROMOTED CONTENT

गुल्मीको रेसुङ्गा नगरपालिका ७ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका आशिषको परिवारमा बिपन्नताले बर्षौ र पुस्तौ छोडेन् । पुस्तौँ देखी खोला किनारको सुकुम्बासी वस्तीमा बस्दै आएको आशिषको परिवारको आर्थिक अवस्था दयनिय छ ।

आशिष विवाहित हुन उनको एक ४ वर्षको छोरा छन् । उनको अवस्था दिन प्रतिदिन बिग्रदो अवस्थामा छ । अहिले अशिषले आफुलाई बचाउन अपिल गरिरहेका छन् ।आर्थिक सहयोगको लागी साइन रेसुङ्गा विकास बैंक को खाता नम्बर ००१००१९५१०९ मायाँ विश्वकर्मा (आशिषको आमा) सम्पर्क ९७६८३३७८८९

Leave a Reply

Your email address will not be published. Required fields are marked *