चाँडै टिकटक बन्द हुँदैछ , सहि वा गलत ।।
News
September 8, 2023AdminLeave A CommentOn चाँडै टिकटक बन्द हुँदैछ , सहि वा गलत ।।
लोकप्रीय सामाजिक सञ्जाल टिकटक अब हङकङमा बन्द हुने भएको छ । बीबीसीका अनुसार चीनले हङकङका लागि बनाएको राष्ट्रिय सुरक्षा कानुन लागू भएपछि टिकटक अब हङकङबाट बाहिरिन लागेको हो ।
‘पछिल्ला घटनाबाट हामीले हङकङमा टिकटक सेवाको सञ्चालन बन्द गर्न लागेका छौं,’ टिकटकका प्रवक्ताले भने । केही दिनमै टिकटक सेवा बन्द हुन लागेको समाचार संस्था रोयटर्सले पनि जनाएको छ ।
छोटो भिडिओका लागि चर्चित टिकटक एप चीनको बाइट्डान्सले सञ्चालनमा ल्याएको हो । चीन भन्दा बाहिरका विश्वव्यापी ग्राहकलाई लक्षित गर्दै यो एप सार्वजनिक भएको छोटो समयमै चर्चित भएको थियो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
चीनमा भने यस्तै प्रकारको डोइन् एप उसले सञ्चालन गर्दै आएको छ । अहिले डाटा प्राइभेसीका कारण हङकङमा टिकटक बन्द गर्न लागिएको हो । अमेरिकाले पनि टिकटक बन्द गर्ने तयारी गरेको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले टिकटक बाहेक अन्य चिनिया“ एप्सहरु पनि अमेरिकामा बन्द गर्ने तयारी भईरहेको बताए । यसअघि भारतले टिकटक लगायतका ५९ चाइनिज एपहरु बन्द गरेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****