वर्षौ विदेश बसेर कमाउँदा पनि घरमा एक पैसा नरहेपछि श्रीमतीको कर्म थाहा पाउँदा श्रीमान अंगालो हालेर रोए

Blog

एक युवा , जस्को ठुलो घर थियो, हाँसी खुसी परिवार थियो, सुख, सुविधा सबै थियो, परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ, कुल घरानकी एक असल केटिसँग विबाह पनि हुन्छ, तर उ प्राय उदास रहिरहन्थ्यो, दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो, किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थिएन।

घर ठूलो भएर के गर्नु लाखौं ऋणमा डुबेको थियो, त्यस माथी बिहेको खर्च ले थपिएको रिणको ब्याज समेत तिर्न धौ धौ भयो। समय बित्दै गयो, छोरो जन्मियो, हुर्कँदै गयो। कहिल्यै खाली नबसि परिश्रम गरेर कमाएको पैसाले अब घर चलाउन गार्हो भयो, ऋणको सावाँ घटाउने त कुरै छोडौं। यी सबै कुराहरुको पीडा आफ्नो ठाउँमा थिए, उस्ले श्रीमतीको लागि बिहेमा किनेका गहनाहरु समेत नक्कली थिए ।

कुनैदिन उनले थाहा पाईन भने के हुन्छ होला भन्ने पिडाले पनि सताउथ्यो उसलाई। घरको समस्या कसैसँग सेयर कहिलेपनि गर्दैनथ्यो । एक दिन सुन्दर भबिस्य बनाउनुपर्छ भनेर श्रीमती अनि परिवारलाई मनाएर विदेश लाग्छ । दिन, महिना हुँदै केही बर्ष बित्छ । घरमा खर्चको लागि मात्रै पैसा पठाउथ्यो, बाँकी पैसा ऋण लिएकाहरुलाई नै पठाउने गर्थ्यो।

घरमा भने बैंकमा पैसा जम्मा गरेको छु, आएपछी केहि गर्नुपर्छ भनेर ढाँट्नेगर्थ्यो। जब ऋण तिरेर भ्याउँछ अनि घर फर्कन्छ। एकदिन अचानक छोरो सिँढी बाट लड्न पुग्छ , हतार हतार एम्बुलेन्समा हस्पिटल लैजान्छन, डाक्टरले निक्कै पैसा लाग्ने कुरा बताएपछी उसको सात्तो जान्छ, आजसम्म न उ सँग बैंकमा पैसा छ न त कुनै कुरा बेचेर पैसा आउने कुरा नै छ।

श्रीमतीले बैंक गएर पैसा निकालम भनेर हतार हतार श्रीमानलाई तानेर लान्छिन बिचरा उ केइ बोल्न सक्ने अवस्थामा नै छैन, उ कहाँ जाँदैछ भन्ने कुरा पनि तेत्ती मेसो पाईराको हुन्न । जब बैंक पुग्छ उ छक्क पर्छ। श्रीमतिले एटिएम बाट पैसा निकाल्छिन। उ हेरेको हेरै हुन्छ, हस्पिटल पुगेर पैसा बुझाउछिन, सबै जना चिन्तित भइरहेको अवस्थामा एकैछिन पछि भित्रबाट डाक्टर आउँछन् । अनि बाबुमा निक्कै सुधार भएको र कुनै पनि ख`तरा नभएको कुरा सुनिसकेपछि सबै खुसी हुन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *