अबदेखि यो ठाउँमा युवतीहरुले जिन्स पाइन्ट,टाईट टिसर्ट लगाउन नपाउने,लाग्यो प्रतिबन्ध?

Blog

एक विश्वविद्यालयले जिन्समाथि रोक लगाएको छ । पाकिस्तानको पञ्जाब प्रान्तस्थित विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीमाथि विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध लगाएको हो ।

सो प्रतिबन्ध पञ्जाबस्थित युनिभर्सिटी अफ एग्रिकल्चरल फैसलावादले लगाएको हो । पाकिस्तानको संघीय शिक्षा निर्देशनालयले जिन्स लगाउन प्रतिबन्ध गरेको हो ।

एक महिनापछि पञ्जाबको विश्वविद्यालयले सो नियम लागू गरेको हो ।

शिक्षा निर्देशनालयले जिन्समाथि प्रतिबन्ध लगाएसँगै विद्यार्थीहरुमा नयाँ पोसाक अनिवार्य गराएको डेली पाकिस्तान अखबारले जनाएको छ ।

जानकारी अनुसार नयाँ नियमअन्तर्गत विश्वविद्यालयमा अध्ययन गर्न आउने छात्रले सर्ट, टाइट र ग्रन्जेच जिन्स, धेरै गोजी भएको पाइन्ट र प्रिन्टेट टिसर्ट लगाउन पाउने छैनन् ।

अर्कोतिर छात्राहरुले भने जिन्स, टिसर्ट र सर्ट, पारदर्शी कपडा, चप्पल, फेसनेवल कपडा, झुम्का लगाउन अनुमति नदिएको अर्थात् छात्रहरुलाई आकर्षण गर्ने खालको पहिरन नगर्न विश्वविद्यालयले निर्देशन दिएको बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *