नेपाली टिकटकर आयुष र उनकी पाकिस्तानी टिकटकर प्रेमिका जमालीबीच दुबईमा इन्गेजमेन्ट

Blog

काठमाडौं । चर्चित नेपाली टिकटकर आयुष सिंह ठकुरी र उनकी पाकिस्तानी प्रेमिका तथा टिकटकर अलिजेह जमालीबीच दुबईमा इन्गेजमेन्ट भएको छ । यी दुई पछिल्लो समय ‘टक अफ द टाउन’ बनिरहेका छन् ।

आयुष र जमालीले आ–आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टको भिडियो सेयर गरेका छन् । एकअर्काले औंठी लगाइदिएको दृश्य भिडियोमा देख्न सकिन्छ । जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ ।

‘मुझे मेरी रानी मिलेगी’ क्याप्सनसहित आयुषले भिडियो पोस्ट गरेका छन् । जमालीले पनि लेखेकी छिन्, ‘प्रमिस रिङदेखि इन्गेजमेन्ट रिङसम्म ।’ नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् ।

पछिल्लो समय यी दुबैजना दुबईमा बस्दै आएका छन् । केही समयदेखि यी दुई प्रेम सम्बन्धमा थिए । बुर्काले अनुहार छोपेर लाइभमा आउने जमालीलाई टिकटकमा १५ लाखले फलो गरेका छन् । झण्डै ८ लाख फलोअर्स भएका आयुष टिकटक लाइभमा बसेर डलर कमाउने मध्ये पर्छन् ।

आयुषलाई भेट्नैको लागि केही समयअघि जमाली तीनजना अंगरक्षकसहित दुबईबाट नेपाल आएकी थिइन् । जमालीलाई स्वागत गर्न आयुष बुके बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । नेपाल आउँदा आयुष र जमालीले विभिन्न पर्यटकीय थलो समेत घुमेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *