बुटवलमा घरमै आएर गाउँलेको कुटपिट गरेको भिडियो बाहिरियो, ६० वर्षीय बुबाको मृत्युपछि श्रीमतिले रुँदै भनिन् सबै कहानी (हेर्नुस भिडियो)

Blog

बुटवल । बुटवलमा एक पुरुषको सामूहिक कुटपिटबाट मृत्यु भएको छ । बुटवल १३ का ६० वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमनसिटी अस्पतालमा मृत्यु भएको छ ।

घटना बारे थप अनुसन्धान जारी तथा दोषीहरुलाई पक्राउ गरि थप अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । मृतकको छोराको टोलक कुनै युवतीसँगको सम्बन्धका विषयमा कुरा मिलाउन भन्दै बोलाउँदा स्थानीयले बोलाएको स्थानमा नगएपछि स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएकाहरुले नेपालमाथि आक्रमण गरेको छिमेकीहरुले बताएका छन्।

बाबुमाथि आक्रमण भएपछि छुटाउन गएका नेपालका २ छोराहरूपनि घाइते भएको बताइएको छ टोलमा छलफलका लागि बोलाउँदा नआएको भन्दै युवाहरुको एक समुह घरमै गएर आक्रमण गरेको प्रारम्भिक जानकारी आएको डीएसपी थापाले बताए।

आक्रमणमा परेका मृतक नेकपा एमाले निकट युवासंघका जिल्ला सदस्य तथा अनेरास्ववियु बुटवल उपमहानगर कमिटी उपाध्यक्ष दिपेशराज नेपालको बुवा भएको बुझिएको छ आक्रमणमा परिवारका सदस्य घाइते भएका छन् । उनका दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन्।

केही दिनयता उत्पन्न घरायसी विवादले उग्र रूप लिंदा यमप्रसादको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणपछि घाइते भएका उनलाई उपचार लागि अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो। कुटपिट गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि उनीहरुको नाम सार्वजनिक गरेको छैन । संलग्न अरूको खोजी भइरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *