मंगलबार राष्ट्रिय शोक घोषणा, झन्डा आधा झुकाइने
फाइल तस्बिर।
काठमाडौं । सरकारले मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ ।
इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा राष्ट्रिय शोक घोषणा गरी सरकारी कार्यालयमा झन्डा झुकाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन् ।
यसैबीच सरकारले मंगलबार सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री शर्माले सार्वजनिक बिदा नभइ राष्ट्रिय शोक मात्र घोषणा गरिएको जानकारी दिइन् ।
“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन्, “भोलि बिदा भने होइन ।”