त्यसपछि जज ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे । उनले भने, ‘हामी संगीतकर्मी जुन चीजलाई पुज्छौँ नि, त्यसलाई अघि देखिरहेका छौँ । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैँ हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’
अर्का जज कुमार सानुले भने, ‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’
श्रेया घोषालले पनि मेनुकाको प्रशंसामा शब्द खर्चिइन् । मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘तिमी को हौ, तिमी आफैँलाई थाहा छैन मेनुका, यसकारण मलाई मजा आयो । मलाई लाग्दैन कि इन्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’