कहिल्य काहीँ त साेच्दा पनि नसाेचका घटनाहरु बाहिरिन्छन् । त्यस्तै एउटा निकै अनाैठाे घटना बाहिरिएकाे छ कि जुन घटनाले तपाइलाइ अचम्म बनाइदिन्छ ।
क्याटबरी कम्पनीले एक युवतीको जिब्रोको मूल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जिब्रोको मूल्य १ मिलियन पाउण्ड तोकेको हो । लोकप्रिय रहेको क्याटबरी चकलेट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मूल्य त्यसै तोकेको भने होइन ।
ती युवतीले चकलेटको स्वाद चखाउने गर्छिन् । उनलाई चकलेट एक्सपर्ट पनि भन्ने गरिन्छ । साथै कम्पनीले उनको बीमा पनि गराएको थियो । उनले चकलेटको स्वाद पूर्ण रुपमा सही भएको र नभएको ठहर गर्छिन् । बीमा कम्पनीले पनि ती युवतीलाई स्वाद लिने इन्द्रीयलाई नोक्सान पुर्याउने कुनै काम नगर्न सुझाव दिएको छ ।
घर तथा गाडी, बहुमूल्य वस्तु लगायतका चीजको महँगो मूल्य तोकिए पनि युवतीको जिब्रोको यति धेरै मूल्य तोकिएको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको जिब्रोलाई तोकिएको मूल्य नेपालीमा लगभग १६ करोड रुपैयाँ हुन आउँछ ।
याे पनि पढ्नुहाेस्ः
तस्बिरमा हेर्नुहोस् मलेसियाविरूद्ध नेपाल
राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजत अन्तर्गत मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा १०९ रन बनाउँदै अलआउट भयो।
मलेसियाका लागि ओपनर सायेद अजिजले सबैभन्दा बढी २७ रनको योगदान गरे। शफिक शारिफले १५ रन जोडे भने शर्भिन मुनिन्डेले २० रन बटुले।
बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ३ ओभरमा १७ रन दिए। सन्दीप लामिछानेले २ विकेट हात पारे। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सहाब अलाम र कुशल मल्लले १-१ विकेट लिए।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले नेदल्यान्ङ्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो।