नेपालमा भयो अनौठो घटना २८ बर्षिय युवतीले जन्माइन ५ सन्तान सम्मान छ ति जन्म दिने आमा लाईहेर्नुहोस भिडियो ?
News
October 4, 2023AdminLeave A CommentOn नेपालमा भयो अनौठो घटना २८ बर्षिय युवतीले जन्माइन ५ सन्तान सम्मान छ ति जन्म दिने आमा लाईहेर्नुहोस भिडियो ?
नेपालमा भयो अनौठो घ’टना २८ बर्षिय युव’तीले जन्माइन ५ सन्तान हेर्नुहोस भिडियो ?नेपालमा भयो अनौठो घ’टना २८ बर्षिय युव’तीले जन्माइन ५ सन्तान हेर्नुहोस भिडियो
नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले सोमबार विहान पाँच शिशुलाई जन्म दिएकी छिन् ।
थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी तामाङले चार जीवित र एक जना मृत शिशुलाई जन्म दिएकी हुन् ।मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी भएको अप्रेशन टोलीका प्रमुख डा. कीर्तिपाल सुवेदीले जनकारी दिए ।
एक जना शिशुलाई एनआईसीयूमा राखेको भए पनि र तीन जनालाई आमाको जिम्मा लगाइसकेको डा. सुवेदीले बताए ।एक जना शिशुलाई एनआईसीयूमा राखे पनि अक्सिजन दिन नपरेको उनले बताए । एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ ।
तामाङले नियमित रुपमा प्रसूति गृहमा गर्भ जाँच गराउँदै आएकी थिइन् । ‘उहाँ २८ हप्तामा नियमित परीक्षण गर्न आउँदा एक जना बच्चा गर्भमै मृत्यु भएको पाएका थियौँ । तर, चार जना बच्चा सकुशल नै भएकाले हामीले निगरानीमा राखेका थियौँ’,
PROMOTED CONTENT
अस्पतालकी निर्देशक डा. संगीता मिश्राले भनिन्गर्भवतीको पेटमै पानीको फोका फुटेपछि सोमबार विहान शल्यक्रियामार्फत सुत्केरी गराउनु परेको हो । डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा छ जना चिकित्सकको टोलीले सोमिकाको अप्रेशन गरेको हो । डा. सुवेदीले भने,‘हामीले अप्रेशनको बेला केही जटिलता आउला कि भनेर सचेत थियौँ ।
तर, त्यस्तो कुनै कम्प्लिकेसन आएन ।’ चार जनासम्मको बच्चा सामान्यतया जन्मिराख्ने भए पनि त्यसभन्दा माथिको बच्चा जन्माउनु भने दुर्लभ केश भएको डा. मिश्राले बताइन्।