इजरायलबाट २५४ जना यात्रु लिएर आउँदै नेपाल एयरलाइन्सको विमान

Blog

इजरायलबाट २५४ जना यात्रु लिएर नेपाल एयरलाइन्सको विमान नेपाल आउँदै छ । विमानमा परराष्ट्रमन्त्री एनपी साउदसहित २५४ जना यात्रु रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो भने एकजना बेपत्ता भएका छन् । यस्तै केही नेपाली घाइते भएका छन् ।

नेपाल फर्कन चाहनेका लागि सरकारले बिहीवार बिहान विमान पठाएको थियो । सोही बिमान अपरान्ह फर्किएको छ । उक्त विमान दुवई ट्रान्जिट हुँदै ९ बजेतिर काठमाडौं आइपुग्ने अनुमान गरिएको छ ।
नेपाली विद्यार्थीलाई उद्दार गर्न नेपाल एयरलाइन्सको विमान करिब २ बजेपछि इयरायलको तेल अभिव पुगेको थियो ।

नेपाली विद्यार्थी विमानलाई कुरेर बिहानैदेखि विमानस्थलमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *