बझाङमा स्वास्थ्यचौकीको झ्याल फुटाएर कण्डम चोरी
शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
धनगढी : बझाङमा एक स्वास्थ्यचौकीबाट कण्डम चोरी भएका छन् । जिल्लाको सुर्मा गाउँपालिका ३ धनीधारामा रहेको स्वास्थ्यचौकीबाट कण्डम चोरी भएका हुन् । बुधबार राती स्वास्थ्यचौकी तोडफोड गरेर कण्डम चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा समेत क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।